अनमोल र जसिताले बक्स अफिसमा तहल्का मच्च्याउने, “फर्की फर्की” जेठ १०

राज शर्मा , पोखरा | जेठको १० गतेबाट बिश्वब्यापी प्रदर्शनमा आउन लागेको चलचित्र ‘फर्की फर्की’ ले बक्स अफिसमा तहल्का मच्चाउने धेरैको बिश्वास छ। चलचित्र बाट सार्वजनिक गित सङ्गीत र ट्रेलर लाई दर्शक हरुले अत्याधिक रुचाएका छन भने युवा पुस्तामा चलचित्र प्रती मोह अझ बढी देखिएको छ।

फिल्मको विषय युवापुस्ता र प्रेममा केन्द्रीत भएता पनि कथाले सबै बर्गका दर्शक लाई मनोरञ्जन प्रदान गर्ने निर्माण पक्षको भनाइ रहेको छ।

सुयोग गुरुङको लेखन तथा निर्देशनमा निर्माण भएको यस चलचित्रमा रोहित अधिकारी र ओम प्रकाश निर्माता हुन भने मनोज ओली र रामु न्यौपाने सह-निर्माताको रुपमा छन त्यस्तै मोती कार्की र अनीरुद्र गिरी कार्यकारी निर्माताको रुपमा रहेकाछन।

चलचित्रमा अनमोल केसी, जसिता गुरुङ, रवि काफ्ले, समृद्धि अर्याल, निर्मल शर्मा, कृष्ण मल्ल लगायतका कलाकारको अभिनय छ। ‘फर्की फर्की’लाई नरेन्द्र मैनालीले खिचेका हुन् भने सुरेन्द्र पौडेल यसका सम्पादक हुन् । रोमन बज्राचार्य र नरेन लिम्बु चलचित्रका संगीतकार हुन् । फिल्ममा अष्ट महर्जनको एक्सन छ । फिल्म टाइम लुपको कथालाई उठान गरेको छ।

फर्की फर्कीको ट्रेलर हेर्नुहोस :

फर्की फर्कीको “अन्तिम माया” गीत हेर्नूहोस :

फर्की फर्कीको शिर्षगित हेर्नुहोस :

Leave a Comment