उद्यमी बनाउन दुर्लुङमा मौरीपालन तालीम

 यहाँका स्थानीय नागरिकलाई उद्यमी बनाउन मौरी पालन सम्बन्धि आधारभूत तालिम सुरु भएको छ । कुश्मा नगरपालिकाको वडा न.३ दुर्लुङमा मौरीपालन सम्बन्धि तीन दिने आधारभूत तालीम सुरु भएको हो ।

तालीमको कुश्मा नगरपालिकाका नगर प्रमुख रामचन्द्र जोशीले उद्घाटन गदै मौरीपालक किसानका लागि तालिमले व्यावसाय गर्न थप सहज बनाउने बताए । महको बजार राम्रो भएकाले मौरी पालन गर्न सकेमा किसानको मेहनत खेर नजाने भन्दै नगरपालिकाले यसकार्यका लागि सहयोग गरेको बताए । उद्यम गर्न चाहनेलाई नगरपालिका मार्फत आवश्यक सीपमूलक तालिम तथा प्रविधिहरू सहयोग गर्ने जोशीको भनाई छ ।

कार्यक्रममा दुर्लुङका वडा अध्यक्ष तेजप्रसाद पाध्यले तालिममा सक्रियतापूर्वक सहभागी भई सीप सिकेर व्यवसाय गर्नुपर्ने बताए । कुश्मा नगरपालिका नगर कार्यपालिकाको सहजीकरण र पिस कोर नेपालको आयोजनामा तालीम सुरु भएको हो । तालीममा स्थानीय ३५ जना कृषक सहभागी छन् ।

तालीम प्रश्चात सहभागीहरुलाई एक÷एक थान मोरीका घार उपलव्ध गराईने छ । पछि राम्रो गर्ने कृषकलाई थप पोत्साहन गर्ने कार्यक्रम रहेको कुश्मा नगरपालिका कृषि शाखा प्रमुख सुस्मिता शर्माले जानकारी दिईन ।

तालीमको सहजीकरण पिस कोर नेपालका स्वयंसेवक मार्क र पलले गर्ने छन् । तालीम पछि दुई बर्षसम्म उनीहरुले मौरी पालक कृषकहरुलाई विभिन्न ज्ञान र सिप बाँड्ने छ । यो तालीम कुश्मा नगरपालिका–२ खुर्कोटमा पनि संचालन भैरहेको छ । तालीममा ४१ जना कृषक सहभागी रहेको वडा अध्यक्ष लालकृष्ण शर्माले जानकारी दिए ।

Leave a Comment