कास्कीको धम्पुस केन्द्र बिन्दु भएर भुकम्पको धक्का महसुस

पोखरा । कास्कीको धम्पुस आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ । आज बिहाज ७ः३० बजे भूकम्प गएको हो ।

कास्कीको धम्पुस, सिल्दुजुरे आसपास केन्द्रविन्दु बनाएर ४ दशमलव २ रेक्टर स्केलको भूकम्प गएको हो ।

भूकम्पको धक्का पोखरा, तनहुँ, लमजुङ र पर्वतमासमेत पुगेको बताइएको छ ।

Leave a Comment