जनता मा.वि सर्कुवाको ६५औं बार्षिकोत्सब तथा अभिभावक दिवस सम्पन्न

राज शर्मा , पोखरा

जनता माध्यमिक विद्यालय जैमिनी-४ सर्कुव बागलुङको ऎतिहासिक ६५औं बार्षिकोत्सब समारोह तथा अभिभावक दिवस फाल्गुन १ गतेका दिन विविध कार्यक्रमका साथ् भब्य र सभ्य रुपमा सु-सम्पन भएको छ। समितीका जेष्ठ सदस्य श्री कृष्ण थापाको अध्यक्षता र वडा अध्यक्ष श्री चक्रबहादुर थापको प्रमुख आतिथ्यतामा सोहि बिद्यालयका शिक्षक श्री भोलानाथ शर्माको स्वागत मन्तव्य रहेको उक्त्त कार्यक्रक्रम लाइ नवराज शर्मा र कमला देवि शर्माले संचालन गर्नु भएको थियो।

कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक श्री चन्द्रकान्त आचार्य ज्यु बाट वार्षिक प्रतिबेदन प्रस्तुत,अतिथिहरु श्री शिलसिला क्षेत्री, श्री डिलबहादुर थापा,श्री नारायण शर्मा पौडेल, श्री मेघराज ढकालबाट शुभकामना मन्तव्य प्रस्तुत गर्नुका साथै विद्यार्थीबाट सांगीतिक प्रस्तुति र विद्यार्थीहरुलाई विभिन्न छात्राबृत्ती तथा पुरस्कार बितरण गर्ने काम सम्मपन्न भएका छन्।

Leave a Comment