जैमिनिमा शुक्रवार चोरी , चोरीमा संलग्न एक पक्राउ

बागलुङ्ग को दक्षिणी भेग जैमिनी नगरपालिका जहाँ पटक पटक दोहोरिने गर्छन चोरीका घटना। त्यस्तै गत शुक्रवार पनि पालिकाको वडा नं ४ ,सर्कुवामा चोरीको अर्को घटना घटेको छ। शुक्रवार बिहान करिव ४/५ बजेको समयमा सर्कुवा निवासी कृष्ण कुमारिको घरबाट तामाको गाग्रि , सुमन शर्माको घरबाट तामाको ताउलो , लोकनाथ पौडेलको घरबाट डेक्चि जस्ता समान चोरि भएको छ। दिन भरि कवाडि सामान उठाउने निहुमा गाँउ डुल्ने कस्को घरमा के छ नजर लगाइ रहने र रातिको समयमा उक्त घरमा गइ गाउमा जहा जे भेटिन्छ उहि चोरि गर्ने काम भइरहेको स्थानिय होमनाथ पौडेलले बताउनु भयो।

त्यस्तै फरार चोर लाइ स्थानीयको सहयोगमा जैमिनि ,१०-रुम्टा भु पु सैनिक होटल बाट निजले चोरि गरेका सामान सहित पक्राउ गरि प्रहरी कार्यालय कुश्मिशेरामा खवर गरि थप कानुनि कार्वाहिको लागि जिल्ला प्रहरी कार्यालय बाग्लुङ्ग मा बुझाइएको छ। चोरी गर्ने व्यक्ती पर्वत जिल्लाको पैंयु गाउपालिका ६,हुवास निवासी बर्ष २२ का मौसम सापकोटा रहेको घटनाका प्रत्यक्ष दर्शी एवं स्थानिय सुमन शर्माले बताउनु भयो। त्यस्तै चोरीमा संलग्न ३ जना मध्ये १ जना समाते पनि अन्य २ जना फरार रहेको बताइएको छ। यस चोरीको अघिल्लो दिन सर्कुवाकै एकराते भन्ने ठाउँ मा पनि सोहि व्यक्ती हरुले चोरी गरेको शर्माले बताउनु भयो।

कबाडी उठाउनेले तामाको गाग्री र ताउला लगेको वडा अद्यक्ष चक्र ब थापाले जानकारी दिनु भयो यो संगै विभिन्न पेषा ब्याबसाय लियर गाउँ छिमेकमा आउने अपरिचित मानिस संग सचेत रहन समेत उहाले स्थानिय वासी लाइ अनुरोध गर्नुभएको छ।

यो संगै जैमिनिमा केहि समय पहिले पैसा र गरगहना चोरीका अन्य थुप्रै घटना घटिसकेका छन् तर हाल सम्म उक्त घटनामा संलग्न चोरलाई प्रहरी प्रशाशनले समात्न सकेको भने छैन।

Leave a Comment