तुलसी क्षेत्री र कृष्ण सुवेदीको आवाजमा “अव ढिला भैसक्यो” सार्वजनिक

राज शर्मा , पोखरा ।

नेपालि लोकदोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएकी गायिका तुलसा क्षेत्री र गायक कृष्ण सुवेदीको आवाजमा रहेको “अव ढिला भैसक्यो बोलको” गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। दिपक अधिकारीको शव्द संगीत ,तारानाथ आचार्यको व्यवस्थापन रहेको उक्त गीतको म्युजिक भिडियो “Tulashi Chhetri Official” युट्युब च्यानल मार्फत गत बिहिवार सार्वजनिक गरिएको हो।

मौलिक “रोइला” भाकामा रहेको उक्त गीतको म्युजिक भिडियो लाइ कृष्ण सुवेदीले निर्देशन गरेका छन् भने सुशील घिमिरे र रतिश तुलाधरले खिचेका हुन्। भिडियोमा मुख्यत: तुलसा क्षेत्री , कृष्ण सुवेदी , शंकर बस्नेत र आंचल सापकोटा लाइ देख्न सकिन्छ।

Leave a Comment