तेजस रेग्मी र देवी घर्तिको आवाजमा ‘चैत यसै’ सार्वजनीक [भिडियो सहित]

राज शर्मा , पोखरा ।

गायक/सर्जक तथा मोडल तेजस रेग्मी र गायिका देवी घर्ति मगरको आवाजमा कुमार के.सी को “चैत यसै” गीत म्युजिक भिडियो सहित बिहिवार “Kumar KC” नामक युट्युब च्यानल मार्फत सार्वजनिक भएको छ। तेजस रेग्मीको शव्द/संगीत रहेको उक्त गीतमा संगीत संयोजन याम थापाको रहेको छ। गित लाइ आकाश नेपाली र राज खड्काले रेकर्डीङ्ग गरेका हुन्।

कुमार के.सी को निर्देशन र अजय रेग्मीको छायांकनमा बनेको उक्त गीतको म्युजिक भिडियोमा तेजस रेग्मी र यशु भट्टराइको दमदार अभिनय देख्न सकिन्छ। गायन क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाइसकेका रेग्मीले अभिनय क्षेत्रमा पनि दर्शक हरुबाट उत्साहजनक माया बटुलेका छन्। पछिल्लो समय उनि गायन क्षेत्रमा भन्दा अभिनय क्षेत्रमा निकै व्यस्त रहन्छन। उसो त रेग्मी लाइ स्टेज कार्यक्रममा पनि भ्याई नभ्याई छ।

उक्त गीतको म्युजिक भिडियो हेर्नुहोस :

Leave a Comment