थानेश्वर गौतमको स्वर र प्रभा बर्तौलाको शव्दमा “डाडा पारी जुन” सार्वजनिक [भिडियो सहित]

पोखरा।

गत शुक्रबार चर्चित गायक थानेश्वर गौतमको आवाज र प्रभा बर्तौलाको शब्द लेखनमा रहेको “डाडा पारी जुन” बोलको गितको म्युजिक भिडियो ‘Thaneshwor Gautam’ युट्युव च्यानल मार्फत सार्वजनिक भएको छ।

गितमा गजल गायन क्षेत्रमा आफ्नो एउटा बेग्लै पहिचान बनाएका लोकप्रिय गायक थानेश्वर गौतमको स्वर र सङ्गीत , प्रभा बर्तौलाको उत्कृष्ट शब्द लेखन रहेको छ। रमेश शतक को सङ्गीत संयोजनमा गीत लाई प्रीज्मा रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने गोविन्द अनेक र कमल थापाले रेकर्ड गरेका हुन।

त्यस्तै विशाल घिमिरेले निर्देशन गरेको उक्त गितको म्युजिक भिडियोमा प्रभात पाल ठकुरी , सम्पदा अम्गाईं को अभिनय रहेको छ भने सन्देश परियारको कोरियोग्राफ रहेको छ। साथै म्युजिक भिडियोमा बाल कलाकार हरु सरगम गौतम र अल्विना पाण्डे को पनि अभिनय देख्न सकिन्छ।

सार्वजनिक उक्त गितको पूरा म्युजिक भिडियो हेर्नुहोस :

Leave a Comment