देवर्षि गोत्रीय रानाभाट बन्धुहरुको कुल पूजा तयारी पुरा

पोखरा ।

स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. ३ भाटखोला, चिप्लेटीमा रहेको देवर्षि गोत्रिय रानाभाटहरुको कुल मन्दिरमा देवर्षि गोत्र ईष्ट कुल देवता पूजा व्यवस्थापन समितिको आयोजनामा फागुनको ३० गते हुने कुल पूजा सम्पुर्ण तयारी पुरा भएको छ ।

हरेक ५÷५ वर्षमा हुदै आएको कुल पुजा यस अगाडि ७ वर्ष पहिला भएको थियो । कोरोना महामारीका कारण स्थागित भएको पुजा यस वर्ष जुरेको थियो । यस वर्ष पनि शिवरात्रीको अघिल्लो दिन २४ गते क्षमा पूजा गरेर कुल पूजा २०८० फागुन ३० गते गरिने भएको हो ।

यस वर्ष कुल पुजाको साथ साथै आज २४ गते ७५ वर्ष माथिका गोत्रिय बुबाआमा, चेलीवेटी, आर्थिक सहयोगदाता, निर्माण कार्यमा खटिएर कार्य गर्ने, विभिन्न उपसमितिको जिम्मेवारीमा रहेर कार्य गर्ने गोत्रिय बन्धुलाई सम्मानपत्र तथा कदर पत्र द्वारा सम्मान गरिने कार्यक्रम रहेको पुजा व्यवस्थापन समितिका अध्यक्ष डिल बहादुर रानाभाटले वताए ।

Leave a Comment