पर्वतको जलजला गाउँपालिका–२ मा भएको दम्पत्ति हत्यामा संलग्न दुई युवाको नाम सार्वजनिक

पर्वतको जलजला गाउँपालिका–२ मा भएको दम्पत्ति हत्यामा संलग्न दुई युवाको नाम काठमाण्डौँबाट प्रकाशन केही अनलाइनहरुले सिआइवीको हवला दिँदै सार्वजनिक गरेका छन् । यता जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख खुमलाल भुषालले अबको २४ घण्टा भित्र अभियुक्त सार्वजनिक गरिने जानकारी दिनुभएको छ । उहाँले हत्यामा संग्लग्न मानिसको पहिचान भएको र केहि घण्टा भित्र त्यसको पुष्टि हुने गरी अभियुक्त सार्वजनिक गरिने बताउनुभयो । सिआइविका अनुसार अनुसन्धान टोलीले कृष्ण विक र दिपक परियारलाई पक्राउ गरेको हो । ब्यूरोका एसपी होविन्द्र बोगटीलाई उल्लेख गर्दै खनलाइनहरुमा समाचार प्रकाशित छन् । १९ चैतको राति ९ बजेसम्म आफन्तसँग फोनमा कुराकानी गरेर सुतेका ६९ वर्षीय सूर्यबहादुर जिसी र उनकी श्रीमती ६७ वर्षीया कमला जिसी भोलिपल्ट मृत भेटिएका थिए । दम्पत्ति मृत भेटिएपछि हत्या नै भएको प्रहरीको प्रारम्भिक निश्कर्ष थियो । प्रहरीले हत्याको निश्कर्ष निकाले पनि हत्यारा भने अझैसम्म पत्ता लाग्न सकेको थिएन् । हत्या भएको घटना थाहा भए लगतै प्रहरीले प्रदेश प्रहरी कार्यालयबाट तालिम प्राप्त कुकुर समेतको प्रयोग गरेको थियो । तालिम प्राप्त कुकुरले जंगल हुँदै बजार छिरेको लोकेशन ट्राप्प गरे पनि हत्यारा नजिक पुग्न सकेको थिएन् । हत्या भए लगतैको अनुसन्धानमा हत्यामा प्रयोग गरिएको हँसिया भने बरामद गरिएको थियो ।

Leave a Comment