पोखरामा वायु प्रदुषणको उच्च प्रभाव,आँखा र श्वासप्रश्वासका बिरामी बढे सङ्गै जनजीवन कष्टकर

राज शर्मा , पोखरा | अन्तर्राष्ट्रिय वायु जाँच संस्था ‘आइक्युएयर’को तथ्याङ्कले पनि पोखरामा प्रदूषणको दर उच्च देखाएको छ । वायुको गुणस्तर एयर क्वालिटी इन्डेक्स (एक्वुआई) अनुसार आइतबार यहाँको वायु गुणस्तर १५६ रहेको छ । शनिबार यो तथ्याङ्क १८९ पुगेको थियो । अहिले पोखराको हावा निकै नै अस्वस्थकर रहेको उक्त विवरणले देखाएको छ ।

सामान्यतः एक्वुआई ५० सम्म हुनु राम्रो हो । ५० देखि १ सयसम्मलाई मध्यम मानिन्छ भने १ सय ५० सम्म पुग्दा संवेदनशील ठानिन्छ । त्यसपछि २०० सम्म अस्वस्थ र   ३०० पुगेपछि जोखिमपूर्ण हुने संकेत गर्छ ।

अहिले पोखराका अस्पतालहरूमा आँखा र श्वासप्रश्वासका बिरामी बढेका छन् भने अत्यावश्यक काम बाहेक बाहिर ननिस्किन चिकित्सकहरूले सुझाएका छन् ।

पुराना गाडीबाट निस्किने धुवाँको मुस्लो, सडक निर्माणको क्रममा उड्ने धुलोसँगै आगलागीका घटनाले प्रदूषण बढाएको धेरैले आंकलन गरेका छन।

Leave a Comment