पोखरा मन्टेश्वरी स्कुलको दोस्रो खेलकुद पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम सम्पन्न

पोखरा ।

पोखरा महानगरपालिका वडा नम्वर १६ , अवस्थित श्री पोखरा मन्टेश्वरी स्कुलको दोस्रो खेलकुद पुरस्कार वितरण तथा सांस्कृतिक कार्यक्रम समारोह सोमवार सम्पन्न भएको छ।

समाहरोहका प्रमुख अतिथि तथा गण्डकी विश्वविद्यालयका कुलपति , प्रा. डा. श्री गणेशमान गुरुङ द्वारा पानसमा दिप प्रज्वलन गरि कार्यक्रमको समउद्घाटन गरिएको थियो। पोखरा महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष श्री पुष्पेन्द्र पाण्डे र शिक्षा विकास तथा समन्वय इकाई समिति कास्कीका प्रमुख श्री लोकनाथ आचार्य बिशेस अतिथि त्यस्तै नव आदर्श सामुदायिक विकास समाज लामाचौरका अध्यक्ष श्री स्वागत सिंह भण्डारी अतिथि रहेको उक्त कार्यक्रम लाइ अनिसा नेपालि र अनिता सुनारले संचालन गर्नुभएको थियो।

कार्यक्रममा उक्त बिध्यालायाकी शिक्षिका एवं शिक्षक को-कोअर्डिनेटर श्री जमुना नेपालि ज्युले स्वागत मन्तव्य राख्नु भएको थियो भने सम्पूर्ण अभिभावकको तर्फ बाट अभिभावक श्री राम प्रसाद सुवेदी ज्युले शुभकामना मन्तव्य राख्नु भयो। त्यस्तै स्कुलका सुचना तथा संचार संयोजक एवं हास्य कलाकार राजेन्द्र नेपालि उर्फ “पोखरेली धुर्मुस” द्वारा हास्य व्याङ्ग्यात्मक प्रस्तुति रहेको उक्त कार्यक्रममा अनिता सुनारको स्वागत नृत्य , स्कुलका सवै भन्दा स-साना बिद्यार्थी प्लेग्रुप क्लासको प्रस्तुति , फ़ाउण्डेशन क्लासका बिद्यार्थी द्वारा नृत्य प्रस्तुति , पुरस्कार वितरण , कुर्ची दौड प्रतियोगीता , बेलुन फुटाइ प्रतियोगीता , तातो आलु प्रतियोगीता , प्री. टु. क्लासका बिद्यार्थी द्वारा नृत्य प्रस्तुति , कक्षा १ र २ का बिद्यार्थी द्वारा सांगेतिक प्रस्तुति , सम्मान कार्यक्रम , प्री वान र टु का बिद्यार्थी द्वारा सांगेतिक प्रस्तुति त्यस्तै कक्षा प्री. वानका बिद्यार्थी द्वारा नृत्य प्रस्तुति , मार्वल दौड प्रतियोगीता, बेलुन सन्तुलन प्रतियोगीता , बिस्कुट दौड प्रतियोगीता , सम दौड प्रतियोगीता , कक्षा १ र २ का बिद्यार्थी द्वारा {नृत्य र नाटक} प्रस्तुति रहेको थियो। त्यस्तै बिध्यालयकि प्रध्यानाध्यापक श्री कल्पना थापा ज्यु ले उक्त कार्यक्रम बारे प्रकाश पार्नु भयो भने प्रमुख अतिथिले स्वागत मन्तव्य राखे संगै सभाध्यक्ष श्री थिर बहादुर थापाले कार्यक्रमा धन्यवाद ज्ञापन गर्दै कार्यक्रम समापन गरिएको हो।

Leave a Comment