पोखरा महानगरको स्वास्थ्य महाशाखा लेखनाथमा सारियो

पोखरा ।

पोखरा महानगरपालिकाले स्वास्थ्य महाशाखा स्थानान्तरण गरेको छ ।

हाल पोखरा-९ न्यूरोडमा रहेको महाशाखा लेखनाथको तालचोकस्थित तत्कालीन लेखनाथ नगरपालिकाको कार्यालयमा स्थानान्तरण गरिएको हो ।

लेखनाथबाट आइतबारदेखि सेवा सुचारु हुने महानगरपालिकाले सूचना प्रकाशित गरी जानकारी दिएको छ ।

स्वास्थ्य महाशाखा लेखनाथमा सार्ने महानगरको कदमलाई महत्वका साथ हेरिएको छ । यसबाट लेखनाथवासी हर्षित भएका छन् ।
लेखनाथमा महानगरको एकमात्र शिशुवा अस्पताल सञ्चालनमा छ ।

यसअघि महानगरका सबै सेवा पोखरामा मात्र केन्द्रित भएको भन्दै लेखनाथवासीले गुनासो गर्दै आएका थिए ।

लेखनाथवासीले पोखराबाट लेखनाथलाई छुट्याउन लविङसमेत गर्दै आएका थिए ।

Leave a Comment