प्रचण्डको उपस्थितिमा आइतबार बाराहीघाटमा पोखरालाई “पर्यटकीय राजधानी” घोषणा गरिने

राज शर्मा , पोखरा ।

पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्दा पर्यटन प्रवद्र्धन मार्फत जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन सहित सुधार, रोजगारी सृजना र गरिबी निवारणमा उल्लेखनीय प्रगति सहित दिगो पर्यटन विकासमा टेवा पुग्ने विश्वास सहित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा सुन्दर फेवातालको किनार बाराही घाटमा आइतबार पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने औपचारिक समारोह आयोजना गरिएको छ।

गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाले संयुक्त रूपमा पोखरामा रहेका अद्धितिय पर्यटकीय गन्तव्यहरूका कारण गण्डकी प्रदेशलाई पर्यटनको हब र पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गरी दिगो पर्यटनको विकास मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा ब्रान्डिङ गर्ने दिशामा अगाडी बढाएको छ। आइतवार बिहान १० बजे बसुन्धारा पार्क देखी विभिन्न झाँकी सहितर्को र्याली निकाली प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को प्रमुख आथित्यतामा बाराही घाटमा औपचारिक घोषणा सभा रहने महानगरले प्रेस विज्ञप्ति मार्फत जानकारी दिएको छ। त्यस्तै उक्त समारोहमा प्राकृतिक पोखराका लेखक वरिष्ठ साहित्यकार, भाषाविद् प्रा.डा मुकुन्द शरण उपाध्याय लाइ सम्मान , भूगोलविद् स्वर्गीय डा.हर्क गुरुङ मरणोपरान्त सम्मान , सुप्रसिद्ध गायक, सङ्गीतकार तथा साहित्यकार स्व.प्रेम प्रकाशमल्ल मरणोपरान्त सम्मान कार्यक्रम रहेको छ।

त्यस्तै सांगीतिक कार्यक्रम तर्फ वरिष्ठ गायीका प्राज्ञ हरिदेवी कोइराला, कन्दरा ब्यान्ड मुख्यगायक (भोक लिस्ट) विवेक श्रेष्ठ, “म विना कसै कसैलाई मुस्किल छ पोखरामा” गायक प्रमोद खरेल , गायक प्रकाश सपुत , पोखरेली गायक धर्मेन्द्र सेवान , गण्डकी प्रज्ञा प्रतिष्ठान : पोखरा प्रज्ञा प्रतिष्ठानका कालाकार हरूको पनि प्रस्तुति रहने बताइएको छ।

Leave a Comment