बसाइसराईले गाउँनै रित्तिएको बेला बाग्लुङ्गका आचार्य द्वारा युवालाई संदेश

राज शर्मा , पोखरा ।

बाग्लुङ्गको दक्षिणी भेग जैमिनी नगरपालिका ६,अर्जेवा पुमे निवासी टिकाराम आचार्य र जैमिनी ४,सर्कुवा गांवो निवासी खगेश्वर आचार्यले बसाईसराइ र बैदेशिक रोजगारीको कारण गाउँ हरु रित्तिदै गरेको अवस्थामा पनि युवा हरु लाइ गाउँमै केहि गर्नु पर्छ भन्ने संदेश आफ्नो व्यवसाय मार्फत दिनुभएको छ।

आचार्यले संयुक्त्त रुपमा जैमिनी नगरपालिका ५,विनामारेमा आफ्नो कृषि तथा पशु पंक्षी पालन लाइ बिगत केहि बर्ष देखि व्यवसायको रुपमा संचालन गर्दै आउनु भएको छ। ग्रामीण क्षेत्रबाट बसाई सर्ने क्रम बढेपछि गाउं रित्तिन थालेको अवस्थामा पनि उहाँ हरुले आफ्नो व्यवसाय अन्तर्गत गाउँमा बाँजिएका खेतवारीमा केरा खेति संगै बाख्रा पालन र कुखुरा पालन गर्दै युवा लाइ स्वदेशमै आत्मनिर्भर बन्न दरिलो संदेश दिनुभएको छ। अहिले उहा हरुले २२ वटा बाख्रा पालन गर्नु भएको र केहि समय पहिले ६० भन्दा बढी बाख्रा पाल्नु भएको थियो। गरे के हुदैन र ? पैसा कमाउनकै लागि युवा-युवती बिदेशिनु पर्दैन आफ्नै गाउँ ठाउँको बाँझो खेतबारीमा फलफुल खेति , तरकारी तथा पशुपालन गरेर पनि स्वदेशमै राम्रो आम्दानि गर्न सकिने , पुमे निवासी टिकाराम आचार्य बताउनुहुन्छ। पछिल्लो समय शिक्षा, स्वास्थ्य र भौतिक सुबिधा नभएको भन्दै ग्रामिण क्षेत्रका स्थानीय जनता सुगम ठाउंमा स्थानान्तरण हुन थालेका छन। गाउँमा घर र प्रशस्त खेतबारी बाँझै छोडी आफ्नो भौतिक सु:ख सुविधाका लागि सहर पस्ने हरुले कौशीमा तरकारी खेति गरेको देख्दा बढो दुख लाग्छ भन्दै आचार्यले चिन्तन समेत व्यक्त गर्नु भयो।

त्यसो त् आचार्यले केरा खेति , बाख्रा तथा कुखुरा पालन संगै हल गोरु पनि बर्षौं देखि पाल्दै आउनु भएको रहेछ। सन्दर्भ : बागलुङको जैमिनी नगरपालिकाले हलगोरु पाल्ने किसानलाई प्रोत्साहन स्वरूप १० हजार रुपैयाँ अनुदान दिने भएको थियो । रैथाने बालीको संरक्षण, स्थानीय स्रोत साधनको उपयोग मार्फत कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले किसानलाई अनुदान दिने कार्यक्रम ल्याएको थियो तर आफु हरुले बाउ बाजेका पाला देखि अहिले सम्म घरमा हल गोरु पाल्दै आएको तर पालिकाको हलगोरु पाल्ने किसानलाई दिइने अनुदान , दिने योजनामा आफ्नो नाम नअटाएको गुनासो व्यक्त गर्नु भयो । १०,००० अनुदानमा १०,००० जनाको राजनीति चल्छ हामि जस्ता सोझा साझा किसानले अनुदान रकम देख्न पाइदैन उहाँले थप्नु भयो।

तस्विर :

Leave a Comment