बाग्लुङ्ग समाज पोखराको अध्यक्षमा ठाकुर प्रसाद सापकोटा

पोखरा ।

बाग्लुङ्ग समाज पोखराको २३ औं बार्षिक साधारण सभा तथा १२ औं अधिवेशन शनिवार ‘रोयल महल व्याङक्वेट’ ड्यामसाइड पोखरामा सम्पन्न भएको छ। अधिवेशन बाट अध्यक्षमा ठाकुर प्रसाद सापकोटा , उपाध्यक्षमा नरेश सुवेदी , सचिवमा गंगा पुन , कोषाध्यक्षमा बालकृष्ण सापकोटा , सह-सचिवमा कोपिला श्रीस , सदस्य हरु क्रमस : प्रकाश मल्ल , दुर्गा बहादुर खत्री , सुशील थापा , गोमा कार्की वास्कोटा , अनिल श्रेष्ठ र रमेश बि क निर्वाचित हुनुभएको छ।

उद्दघाटन समारोहमा संवोधन गर्दै कार्यक्रका प्रमुख अतिथि पुर्व मन्त्री देवेन्द्र पौडेलले सामाजिक एकता र सहकार्यबाट नै समाजको विकास हुँदै आएको बताए । उनले देशको समृद्धि, विकास र युगको अपेक्षा पूरा गर्ने दायित्व नागरिकदेखि सरकारसम्म सबैको भएको बताउनु भयो। समाजका अध्यक्ष डिल्लीराज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा संसदहरु लीला थापा, डिल्लीराम सुवेदी र दीपेन्द्र थापा, पूर्वअध्यक्ष कुलचन्द्र शर्मा, निवर्तमान अध्यक्ष सुनिल पाण्डे लगायतले बोल्नु भएको थियो।

त्यस्तै प्रदेश र प्रतिनिधिसभामा बागलुङ बाट विजयी सांसदहरु लाई सम्मान गरिएको थियो भने कार्यक्रममा बागलुंगे केहि कलाकारले प्रस्तुति राख्नु भएको थियो। समारोहमा स्वर्गीय प्रेमप्रसाद सापकोटा स्मृति पुरस्कार बाट तुमिन थापा, कामना पौडेल र करुणा सुनुवार सम्मानित हुनु भएको छ।

Leave a Comment