महानगरको “ग्रीन सीटी” अवधारणा अन्तर्गत पोखराका सवै घर हरुमा हरियो रङ्ग अनिवार्य

पोखरा महानगरपालिकाभित्र बन्ने सबै घरले अव हरियो रङ्ग नै लगाउनुपर्ने भएको छ । यसअघि कार्यपालिका बैठकले नै हरियो रंगबारे निर्णय गरेको र सोही निर्णयलाई मापदण्डमा समेटिएको मेयर आचार्यले बताए । ‘ग्रीन सीटी’ अवधारणा अन्तर्गत हरियो रङ्ग पोत्ने कार्यक्रम अघि सारिएको हो । असारको नगरसभाले प्रत्येक घर बनाउँदा २ वटा रुख रोप्नैपर्ने व्यवस्था ल्याएको छ ।

 तर उक्त निर्णय कार्यान्वयन भएको छैन । हरियो रङ्ग लगाउने नियम पनि कार्यान्वयन हुनेमा शंका छ । यसअघि स्याङजाको वालिङले गुलावी रङ्ग अनिवार्य गरेको थियो । भवनको बाहिरी भागमा हरियो रङ्ग लगाउन अनिवार्य गरिएको हो ।

Leave a Comment