रमदान ब्रतमा सहयोग पुर्याउन खाद्यान्न वितरण

पोखरा ।

मुस्लिम समुदायको महान संस्कृति एक महिने रमदान(ब्रत) मा सहयोग पुर्याउने लक्ष्यका साथ समाजसेवी जमिर हुुसेन र सफर नेपाल ट्राभल्स एण्ड टुर प्रा.लि.का तर्फबाट खाद्यान्न सहयोग गरिएको छ ।


रुपा गाउँपालिका वडा नं ६ रुपाकोट मुस्लिम समाजमा बसोबास गर्ने विपन्न वर्गका ४० घर परिवारलाई खाद्यान्न वितरण गरिएको हो।सामाजिक उत्तरदायित्व बहन गर्दै मुस्लिम समाजमा सहयोग गरिएको बताउँदै समाजसेवी हुसेनले यस किसिमका सहयोगलाई आगामी दिनमा पनि निरन्तरता दिने बताउनुुभयो ।

Leave a Comment