लोकतन्त्रवादीआदिवासीजनजातिमहासंघको गण्डकी अधिवेशनको तयारी पुरा

पोखरा, ९ चैत ।
नेपालीकांग्रेस निकट भातृ संस्था नेपाललोकतन्त्रवादीआदिवासीजनजातिमहासंघ गण्डकी प्रदेशको अधिवेशनशनिबार पोखरामाहुदैछ ।
प्रदेशको नेतृत्वचयनकालागिहुने अधिवेशनपोखरा सभागृहमाहुने शुक्रबार पोखरामापत्रकार सम्मेलन गरी जानकारी दिएको हो । अधिवेशनको सम्पूर्ण तयारी पुरा भएको अधिवेशनसंयोजकतथामहासंघकी केन्द्रीय सदस्य रेनुकाकाउचाले जानकारी दिइन् । अधिवेशनको उद्घाटननेपालीकांग्रेसकाउपसभापति पूर्णबहादुर खड्काले गर्ने उनले बताइन् ।
सामाजिक, आर्थिक, राजनीतिकअधिकारको बहस पैरवीगर्दै न्याय र समानताकालागि स्थापितगर्न महासंघको प्रथम गण्डकी प्रदेश अधिवेशनहुनलागेको उनको भनाइथियो । अधिवेशनमागण्डकीका ११ जिल्लाबाटजनजातीअन्र्तगतविभिन्नजातजातिको प्रतिनिधितित्वहुनेगरि ३ सय ७८ जनाप्रतिनिधि सहभागीहुने उनले बताइन् ।
अधिवेशन सम्पन्नगर्न काउचाको संयोजकत्वमा १०१ सदस्यीयमूलआयोजक समिति गठन गरिएको छ । जसअनुसार आर्थिक समितिमा सुनिल गुरुङ, आवासतथाखानाव्यवस्थापन समितिमाजीतबहादुर गुरुङ, अथिति सत्कारमासिता गुरुङ, शान्ति सुरक्षा र समन्वय समितिमा नेपालीकाँग्रेस गण्डकीप्रदेश सदस्यसिता गुरुङ र मञ्चब्यबस्थापन समितिमाअजय गुरुङ र प्रचारप्रसार समितिमा राजबहादुर गुरुङ संयोजक रहेका छन् ।


अधिवेशनपूर्व पोखराको चिप्लेढुंगाबाट सांस्कृतिक ¥यालीनिकालिने संयोजककाउचाले जानकारी दिइन् । ¥यालीचिप्लेढुंगा न्युरोड हुँदै सभागृहमापुगी उदघाटन समारोहमा परिणत हुनेछ । ¥यालीमामहासंघ अन्तर्गतकाभातृ तथाशुभेच्छुक संस्थाकाप्रतिनिधि साथै पार्टीकाविभिन्नजिम्मेवार तहमा रहकाहरुको सहभागिता रहने उनले बताइन् ।
महासंघले विभिन्नजिल्ला र नगर तथागाउँपालिकामातदर्थ समिति गठन गरि सम्बन्धिततहमाअधिबेशन समेत सम्पन्न गरेपछि अहिले प्रदेश अधिबेशनहुनलागेको हो । अधिवेशनले ३९ सदस्यीयनयाँकार्यसमितिचयनगर्नेछ ।

Leave a Comment