श्री विन्ध्येश्वरि युवा क्लवको आयोजनामा गाउँ स्तरिय पुरुष भलिवल प्रतियोगिता हुँदै

पोखरा ।

श्री बिन्ध्येश्वरी युवा क्लव पोखरा – १९ , तल्लाकोट ठाँटीले क्लवको २६औँ बार्षिकोत्सवको अवसर पारी यहि फाल्गुन २१ गते देखि २६ गते सम्म रजत जयन्ती समारोह तथा गाउँ स्तरिय पुरुष भलिवल प्रतियोगिता आयोजना गरेको छ।

पोखरा महनगरपालिका -१९ संरक्षकको रुपमा रहेको उक्त कार्यक्रममा “गाउँ स्तरिय पुरुष भलिवल” प्रतियोगीतामा बिजेता टिमले पुरस्कार स्वरुप नगद रु ६०,००० /- सहित ट्रफी र मेडल पाउने छन भने उपबिजेताले ४०,००० /- सहित ट्रफी र मेडल पाउने छन। प्रतिगिताको दर्ता शुल्क भने नगद रु ५५०० रहेको छ।

Leave a Comment