सक्किगोनी टिमले बनाउन लागेको नयाँ चलचित्रको पोस्टर सार्वजनिक

राज शर्मा , पोखरा ।

चर्चित हास्य टेलिश्रृंखला ‘सक्किगोनी’ को टिमले नयाँ चलचित्र निर्माणको औपचारिक घोषणा गरेको छ । चलचित्रको नाम ‘लज्जा शरणम’ रहनेछ ।

वसन्त पञ्चमीको अवसर पारेर सामाजिक सञ्जालमार्फत नाम सार्वजनिक गरिएको हो । चलचित्रका बारेमा विस्तृत जानकारी भने दिइएको छैन ।

चलचित्रको निर्देशन भने सम्भवतः अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री) ले गर्नेछन् । उनीहरूले सक्किगोनीको निर्देशन गर्दै आएका छन् ।

चलचित्रमा सक्किगोनीका थुप्रै कलाकारहरूलाई देख्न सकिने छ । अन्य कलाकारहरूबारे जानकारी दिइएको छैन ।

Leave a Comment