सन्तोष सेनको “बलिदान” मा बिराज भट्टका छोरा समिर भट्टको मुख्य अभिनय रहने

राज शर्मा , पोखरा।

नेपालि सिनेनगरिमा एक सफल निर्माता तथा निर्देशक को छवी बनाएका सन्तोष सेनले आगामी बर्षको दशै छेको पारेर आफ्नो नया चलचित्र “बलिदान” दर्शक माझ पस्किदैछन्।

चंखे शंखे पंखे , प्रेम गीत , प्रीम गीत २ , मेरी मामु , प्रीम गीत ३ जस्ता चलचित्र निर्माण गरिसकेका निर्माता तथा निर्देशक सेन ले यो पटक भने बिल्कुलै फरक परिवेश को चलचित्र लिएर दर्शक माझ आउदैछन। जुन चलचित्र को नाम हो “बलिदान” , सामाजिक र देश भक्ती कथामा आधारित हुने उक्त चलचित्रमा भने चर्चित नायक बिराज भट्ट का छोरा समिर भट्टको मुख्य [डेब्यु] अभिनय रहनेछ। सेन ले शुक्रवार बिहान चलचित्र वलिदानको पोस्टर आफ्नो फेसबुक मार्फत सार्वजनिक गरेका छन्। उक्त पोस्टर मा बिराज भट्ट का छोरा समिर भट्टको फर्स्ट लुक्स देख्न सकिन्छ। उनी दशौं वर्षदेखि मुम्बई मा गुपचुप रहेर एक्टिङ क्लास, मार्शल आर्ट, नृत्य तथा दृन्दका धेरै आर्ट हरुको कार्यशाला संगै ठूलै तपस्या गरिरहेका रहेछन् । एकलव्यजस्तो गहन एकान्तमा रहेर कलाकारिता बारे उनले गरेको यो संघर्ष, मेहेनत र तपस्याले उनलाई बलिदानका लागि खरो उतारिदिएको फिल्म का निर्माता तथा निर्देशक सेन बताउछन। बलिदान को प्रदर्शन मिति भने २०८१ सालको दशैँ लाइ तोकिएको छ।

सन्तोष यसो भन्छन :
नयॉ प्रतिभा त्यो पनि बहुप्रतिभा “बलिदान” मार्फ़त उदय…
“बलिदान”को कहानीमा एक पात्रका रुपमा युगपुरुषलाई भगीरथ प्रयास गरेरै पैदा गरिएको थियो । यस्तो युगपुरुष जसले परिवर्तनका नाममा जनतालाई बलि चढाउन लगाएर राज्यको अस्मिता लुटिरहेका कुटिलहरूको संहार गरोस् ।
फेरी अभिनेताका रुपमा युगपुरुष खोज्नु नेपालमा हामीलाई आइसलेण्डमा सर्प खोज्नुजस्तो असम्भव भएको थियो । “बलिदान” को युगपुरुषका लागि एक्सन, इमोसन, लुक्स र डायलग यी चारै कलाको मिश्रण भएकै कलाकार चाहिन्छ भनेर हामीले छ्लफल गर्यौं । अनि खोज्नमा समय दिइरह्यौं ।


`तँ चिता म पुर्याउँछु´ भनेजस्तो कामप्रति लगाव भएपछि दैवले पनि खोजेको चिज जुराइदिने रहेछ । एकदिन हामीले भेट्टायौं- हामीले खोजेका चारै गुण भएका युवा समीर भट्ट । उनी दशौं वर्षदेखि मुम्बई मा गुपचुप रहेर एक्टिङ क्लास, मार्शल आर्ट, नृत्य तथा दृन्दका धेरै आर्ट हरुको कार्यशाला संगै ठूलै तपस्या गरिरहेका रहेछन् । एकलव्यजस्तो गहन एकान्तमा रहेर कलाकारिताबारे उनले गरेको यो संघर्ष, मेहेनत र तपस्याले उनलाई बलिदानका लागि खरो उतारिदिएको छ ।
हरेक प्रोजेक्टमा नयाँ नयाँ प्रतिभा खोजेर नेपाली सिने जगतका अभाव पूर्ति गर्ने र उकास्न कोशिश गर्ने आसुसेन फिल्मस् को यो निरन्तरताकै एक अर्को कडी हो । समीर भट्ट बलिदानका युगपुरुष त बन्ने नै भए अब नेपाली सिनेमा जगतले पनि खोजिरहेको युगपुरुष बन्नेछन् भन्ने कुरामा दुइ मत छैन ।

Leave a Comment