सहारा क्लव अर्जेवाको आयोजनामा जैमिनी -६,अर्जेवा बाग्लुङ्गमा “शिवरात्री” मेला लाग्दै

राज शर्मा , पोखरा । 

सहारा क्लव जैमिनी नगरपालिका ६,अर्जेवा बाग्लुङ्गले क्लवको २६औं बार्षिकोत्सव तथा महाशिवरात्रीको अवसर पारि यहि फाल्गुन १९ गते देखि २५ गते सम्म “शिवरात्री मेला २०८०”को आयोजना गर्न लागेको छ। बिगतका बर्ष हरुमा जस्तै यो बर्ष पनि शिवरात्री मेला विविध खेलकुद तथा सास्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रमका साथ् भव्य अनि सभ्य रुपमा मनाउन लागेको यसै क्लवका अध्यक्ष श्री विमल नायक क्षेत्री ज्यु ले बताउनु भयो।

कार्यक्रममा मुख्य आकर्षण को रुपमा रहेको साविक वडा स्तरिय पुरुष भलिवल प्रतियोगीता, भू .पु भलिवल प्रतियोगीता {३० बर्ष भन्दा माथिका खेलाडी हरु मात्र} , महिला भलिवल प्रतियोगीता , सहारा डान्स आइडल प्रतियोगीता तथा विविध सास्कृतिक एवं मनोरन्जनात्मक कार्यक्रम हुनेछन। त्यस्तै भलिवल खेलमा सहभागी हुने टिमले फाल्गुन १९ गते भित्र आफ्नो टिम दर्ता गराइसक्नु पर्नेछ भने उद्दघाटन खेल फाल्गुन २० गते दिउसो ठिक १२ बजे हुने आयोजक पक्षले जनाएको छ।

केहि पुराना तस्विर हरु हेर्नुहोस :

Leave a Comment