सुनिल गायक को प्रेम दिवस विशेष “कति माया” बोलको गीत सार्वजनिक

राज शर्मा , पोखरा

संगीत क्षेत्रमा संघर्ष गरिरहनु भएका सुनिल गायकको [प्रेम दिवस] विशेष नया गीत “कति माया” को म्युजिक भिडियो सार्वजनिक भएको छ । सुपु म्युजिक क्रियशन र सारङ्गी म्युजिक स्टुडियो को संयुक्त प्रस्तुतीमा गीत सार्वजनिक गरिएको हो भने भिडियो निर्माण सोपु क्रियशन मार्फत गरिएको हो।

सुनिल गायकको शब्द रहेको गितमा गायककै संगित र स्वर रहेको छ । सारङ्गी म्युजिक स्टुडीयो युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको गितमा साहिल गायकको संगीत संयाोजन रहेको छ । पब्लिसिटी डिजाईन, सम्पादन तथा निर्देशन सविन गायकले गरेको उक्त गीतको भिडियोको छायांकन रोहित पाण्डले गर्नु भएको थियो ।

प्रेम दिवसको अबसरमा प्रेम सम्बन्धि गीत लिएर स्रोता माझ आएको र यो गितले स्रोताको मन जित्नेमा आशावादी रहेको गायकको भनाइ छ ।

उक्त गीतको म्युजिक भिडियो हेर्नको लागि यहाँ भएको link मा click गर्नुहोस :

Leave a Comment