हेमजामा मादल बजाउने तालिम सम्पन्न

हेमजा ।

महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम शुक्रबार पोखरा २५ हेमजामा सम्पन्न भएको छ ।

पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले महिलाको छेत्रमा धेरै काम गर्न बाँकी रहेको बताउदै महिलाको सक्रियताले उत्साहित भएको उल्लेख गर्नुभयो । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न. २५ का सदस्य धन कुमारी पोखरेल तिमिल्सिना, नेकपा एमाले पोखरा २५ का अध्यक्ष ऋषिराम पौडेल, सामुदायिक सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा पोखरा २५ का अध्यक्ष दानबहादुर भुजेल, वडा बिज्ञ सदस्य मिना कुँवर, सहभागी बबिता आचार्य पौडेल र बुद्धदेबी कुँवरले बोल्नु भएको थियो । प्रशिक्षक सम्बर बहादुर गायकले दिनुभएको तालिममा हेमजामा रहेका आमा समुहका प्रतिनिधिको सहभागीता रहेको थियो ।

महिला सञ्जालका अध्यक्ष अप्सरा तिमिल्सिनाको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष रिता त्रिपाठीले र सञ्चालन सचिव उमा भुर्तेल पौडेलले गर्नु भएको थियो ।

Leave a Comment