थानेश्वर गौतम र रन्जिता बिश्वकर्माको आवाजमा वियोगान्त गित “के अर्थ भो” सार्वजनिक [भिडियो सहित]

राज शर्मा | गायक सर्जक तथा सङ्गितकार थानेश्वर गौतम र रन्जिता विश्वकर्माको आवाज र प्रभा बर्तौलाको उत्कृष्ट शब्द लेखनमा रहेको “के अर्थ भो” बोलको गितको म्युजिक भिडियो ”Prithivi Entertainment” नामक युट्युव च्यानल मार्फत शुक्रबार सार्वजनिक भएको छ।

गितमा गायक थानेश्वर गौतम र गायिका रन्जिता बिश्वकर्माको स्वर र थानेश्वर गौतमकै सङ्गीत र प्रभा बर्तौलाको हृदयस्पर्षी शब्द लेखन रहेको छ। बिनोद बाजुरालिको सङ्गीत संयोजनमा गीत लाई मालश्री रेकर्डिङ स्टुडियोमा रेकर्ड गरिएको हो भने सागर बाजुराली र गोविन्द पराजुलिले रेकर्ड गरेका हुन।

त्यस्तै दुई प्रेमी बिचको वियोगान्त प्रेम कथामा मौसम हिमालिले निर्देशन गरेको उक्त गितको म्युजिक भिडियोमा नायक तथा मोडल पुष्प खड्का र स्मारिका/सामारिका ढकालको उत्कृष्ट अभिनय रहेको छ भने कोरियोग्राफ पनि निर्देशक हिमाली कै रहेको छ। निर्माण पक्षले अडियो र भिडियो दुवैमा निकै मिहिनेत गरेको उक्त गितको म्युजिक भिडियो हेरेर बुझ्न सकिन्छ।

सार्वजनिक उक्त गितको पूरा म्युजिक भिडियो हेर्नुहोस :

Leave a Comment