प्रकाश सपुत द्वारा चलचित्र ‘वसन्त’ निर्माणको घोषणा [भिडियो सहित]

राज शर्मा , पोखरा | आइतबार काठमाडौंमा एक कार्यक्रमकाबीच शीर्षक भिडिओ सार्वजनिक गर्दै उनले आफूले बनाउन लागेको फिल्मबारे जानकारी दिएका हुन्।

गायक तथा अभिनेता प्रकाश सपुतले फिल्म ‘वसन्त’ निर्माणको घोषणा गरेका छन्।

‘वसन्त’ प्रकाशले आफ्नै निर्माण एवं निर्देशनमा बनाउन लागेको पहिलो फिल्म हो।

गलबन्दी प्रोडक्सनको प्रस्तुतिमा निर्माण हुन लागेको फिल्ममा उनको जोडीका रूपमा अभिनेत्री स्वस्तिमा खड्का देखिनेछिन्। साथमा अभिनेता अनुप बराल, प्रकाश घिमिरे, कमलमणि नेपाललगायत कलाकारहरूको अभिनय रहनेछ।

प्रकाशकै कथा एवं संगीत रहने फिल्म सामाजिक कथामा निर्माण हुन लागेको हो। उनले ‘वर्ण व्यवस्थाले सदियौंदेखि न्याकिएको एउटा तप्का’ को कथामा ‘वसन्त’ निर्माण हुने घोषणा भिडिओमा उल्लेख गरेका छन्।

२०८१ सालको चैते दसैंमा फिल्मलाई प्रदर्शनमा ल्याइनेछ।

सुनिल वि.क.को सह–निर्देशन रहने फिल्ममा मोहन विश्वकर्मा, अनुरोध भट्टराई र नेन्सि शेरचन कार्यकारी निर्मातामा रूपमा छन्।

सांगीतिक क्षेत्रमा लोभलाग्दो चर्चा कमाएका प्रकाशले नारायण रायमाझी निर्देशित ‘परदेशी २’ बाट अभिनेताका रूपमा फिल्ममा डेब्यु गरेका थिए। गतवर्ष प्रदर्शनमा आएको यो फिल्म सुपरहिट भएको थियो।

प्रकाश फिल्म ‘पूर्ण बहादुरको सारंगी’ मा समेत अभिनेताको रूपमा अनुबन्धित छन्।

भिडियो सामग्री :

Leave a Comment