गायिका एलिना चाैहान लक्षित साउण्ड सिस्टम व्यवसायिकाे बिज्ञप्ति प्रति लाेक दाेहाेरी गित प्रतिष्ठान नेपालकाे अापत्ति

केपि कुमार जलन ।

राष्ट्रिय लाेक तथा दाेहाेरी गित प्रतिष्ठान नेपालले एक बिज्ञप्ति जारी गरेकाे छ , प्रतिष्ठानका अाजिवन सदस्य लाेकप्रिय गायिका एलिना चा‌ैहनले गत फाल्गुण २० गते पर्वतमा सम्पन्न भयकाे राष्ट्रिय मगर दिबसमा अाफ्नाे प्रस्तुति राख्ने क्रममा साउण्ड टेक्निसियन र गायिका चाैहान बिच भयकाे केही मनमुटाब र सामान्य भनाभनकाे बिषय लाई लियर साउण्ड सिस्टम व्यवसायिहरूले केही दिन अघि जारी गरेकाे बिज्ञप्ति प्रति घाेर भर्सना गरेकाे छ , बिज्ञप्तिमा भनियकाे छ कलाकार र साउण्ड टेक्निसियन ईन्जिनियर बिचकाे सम्बन्धलाई समेत अाेझेल पार्ने गरि संवेदनशिल बिषयमा एकपक्षिय बिज्ञप्ति जारी गरिनु लज्जास्पद भयकाे टिप्पणि गरेकाे छ , प्रतिष्ठानका अध्यक्ष रिता थापा मगर द्वारा हस्तक्षरीत बिज्ञप्ती मा याे स्तरकाे अभिव्याक्ति तुरून्त सच्चाई कलाकार र साउण्ड सिस्टम बिचकाे पारस्परिक सम्बन्धलाई मर्यादित बनाउन अपिल गरेकाे छ

Leave a Comment