नव बर्ष २०८१ को अवसर पारी माछापुच्छ्रे क्लव जैमिनी -४,सर्कुवाले विविध कार्यक्रमको आयोजना गर्ने

राज शर्मा , पोखरा । “युवा हरुको एकता , खेलकुद तथा समाज विकासमा हाम्रो प्रतिबद्धता” भन्ने मुल नाराका साथ “माछापुच्छ्रे युवा क्लव” ले नया बर्ष वर्ष २०८१ को अवसर पारी क्लवको २६ औँ बार्षिकोत्सव समारोह बैशाख ५ गते देखि १० गते सम्म सरस्वती प्रा.वि जैमिनी४,सर्कुवा मादीको प्राङ्गणमा बिविध : खेलकुद एवं सास्कृतिक कार्यक्रमको आयोजना गरि मनाउने भएको छ।

कार्यक्रममा मुख्य आकर्षण को रुपमा रहेको साविकको वार्ड स्तरिय पुरुष भलिवल प्रतियोगिता , भु.पु भलिबल प्रतियोगिता , खुल्ला नृत्य प्रतियोगिता , आधारभुत तह [विद्यालय] स्तरीय हाजिरी जवाफ प्रतियोगिता , भाले छोप्ने प्रतियोगिता साथमा राष्ट्रिय तथा स्थानीय कलाकार हरुको बेजोड साङ्गेतिक प्रस्तुति रहने आयोजक पक्षले बताएको छ।

भलिबल प्रतियोगितामा बिजेता टिमले ५१,१११/- धन राशि सहित ट्रफी , मेडल र प्रमाणपत्र पाउने छ भने उप-बिजेता टिमले ३१,१११ /- धन राशी सहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने कार्यक्रम को उद्घाटन बैशाख ५ गते हुने पनि आयोजक “माछापुच्छ्रे क्लव” जैमिनी ४,सर्कुवा मादी ले जनाएको छ।

Leave a Comment