प्रथम एबी लेड खुल्ला भलिबल कप हुँदै , बिजेतालाइ ५० हजार पुरस्कार

पोखरा -१३, आर्वा साझामा प्रथम एबी लेड खुल्ला भलिबल कप हुने भएको छ । एबी लेड क्लबको आयोजना तथा पोखरा-१३ को प्रवद्र्धनमा आउदो बैशाख ३ गतेदेखि पोखरा-१३ आर्वा साझामा मेला हुने भएको हो । तिन दिनसम्म चल्ने मेलामा खुल्ला भलिबल प्रतियोगिता, 5A Side फुटबल प्रतियोगिता, विभिन्न मनोरञ्जनात्मक तथा साँस्कृतिक कार्यक्रम हुने क्लबले जनाएको छ । मेलाको मुख्य आकर्षणको रुपमा भलिबल प्रतियोगिता रहेको क्लबका अध्यक्ष उज्वल सुनारले बताए ।

सुनारका अनुसार भलिबल प्रतियोगितामा प्रथम हुने टिमले नगद ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने दोस्रो हुने टिमले ३५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । जस्मा टिम दर्ता ५ हजार रहेको छ । फुटबल तर्फ टिम दर्ता २हजार छ भने प्रथम हुने टिमलाई १५ हजार र दोस्रो हुने टिमलाई ८ हजार राखिएको क्लबका अध्यक्ष सुनारले जानकारी दिए । मेलामा ख्याती प्राप्त लोक दोहोरी कलाकारहरुको प्रस्तुती, साँस्कृतिक कार्यक्रम तथा स्थानीय कलाकारको प्रस्तुती रहने उनले बताए । मेला सम्पन्न गर्न कुल ५ लाख खर्च लाग्ने क्लबले जनाएको छ । मेलाको अन्तिम तयारीमा रहेको , खेल मैत्रीपुर्ण हुने र देश बिदेशबाट पनि उतिक्कै आर्थिक ,नैतिक र भौतिक सहयोग भएको हुनाले क्लबलाई धेरै सितलो चौतारी भएको क्लबका सल्लाहकार समाजसेवी,कलाकार तथा सम्पादक समीर रामदामले जानकारी दिनु भएको छ ।

Leave a Comment