एमाले गण्डकीका जनप्रतिनिधिलाई ३ दिने प्रशिक्षण शुरु

पोखरा/नेकपा एमालेले स्थानीय तहमा आफ्नो पार्टीबाट निर्बाचित जनप्रतिनिधिलाई आयोजना गरेको तिन दिने प्रशिक्षण शनिबार पोखरामा शुरु भएको छ ।

प्रशिक्षणको पार्टी स्थायी कमिटी सदस्य थममाया थापाले उद्घाटन गर्दै एमालेका नेतृत्वमा रहेका पालिकाहरू सुशासन र बिकासका नमुना बनाउने उद्देश्यले यो कार्यक्रम गरिएको बताइन । आफ्नो पार्टीले पारदर्शीता, जवाफदेहीतासहितको विधिको सुशासनमा जोड दिदै आएको र आफ्ना जनप्रतिनिधि त्यसमा अब्बल हुनुपर्ने मान्यता अनुरुप काम गर्न उनले आग्रह गरिन ।

एमाले गण्डकी प्रदेश कमिटीका अध्यक्ष नवराज शर्माले पार्टी र जनप्रतिनिधि बिचको समन्वय र सहकार्यले मात्रै निर्धारित लक्ष्य पुरा हुने भन्दै सुखी नेपाली सम्वृद्ध नेपालको सपना पुरा गर्न प्रशिक्षण फलदायी हुने बिश्वास ब्यक्त गरे । प्रदेश कमिटी सचिब धनन्जय दवाडीले जनताका काम थप मजबुत तवरले छिटो छरितो परिणाममुखी बनाउन सहजीकरण होस् भन्ने उद्देश्यले प्रशिक्षण आयोजना गरिएको बताए । एमाले पोलिटब्युरो सदस्य तथा केन्द्रीय स्थानीय बिकास बिभाग प्रमुख देबेन्द्र दाहाल, सचिब हर्कराज राइ, केन्द्रीय स्कुल बिभाग सदस्य रामशरण प्याकुरेल सहितका नेताहरूले उक्त प्रशिक्षणमा सहजिकरण गर्नेछन ।

प्रशिक्षणमा एमालेबाट गण्डकी प्रदेशका स्थानीय तहमा निर्बाचित प्रमुख ,उपप्रमुख , जिल्ला समन्वय समितिका प्रमुख ,उपप्रमुख र प्रत्येक जिल्लाबाट एक जना वडाध्यक्षसहित पार्टीका जिल्ला कमिटि अध्यक्ष र इन्चार्जहरू गरी करिब एक सय जनाको सहभागिता रहेको ने क पा एमाले गण्डकी प्रदेशका उपसचिब तथा प्रचार एबम प्रकासन बिभाग प्रमुख मन्जु अधिकारीले बताइन ।

Leave a Comment